पोखरा महोत्सवमा ज्योती र सविनको प्रस्तुतीमा झुमे दर्शक
पाेखरा | माघ ६, २०७९
पोखरा: अमरसिंह चौरमा जारी पोखरा महोत्सवमा गायिका तथा मोडल ज्योती मगरको प्रस्तुती मार्फत दर्शकहरुले भरपुर मनोरन्जन लिएका छन । महोत्सवमा बिहीबार लोकदोहोरी गायिका तथा मोडल ज्योती मगरको प्रस्तुतीमा युवा देखी वृद्धवृद्धाहरुले मनोरन्जन लिएका हुन । ज्योती संगै महोत्सवमा जीवन दाहाल, शिवहरी ढुंगाना, शंकर पन्त, सीता परियार, पुजा तामाङ, तुलसा जिसी, माधव चापागाइ, नेत्र खड्का लगायतको दोहोरी प्रस्तुती मार्फत दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिए ।
त्यसैगरी सांझको लाइभ ब्याण्ड तर्फ सविन राइ एण्ड द फेरोहको प्रस्तुती मार्फत युवाहरुले मनोरन्जन लिए । युवाहरु माझ चर्चित सविन राइले आफ्नो प्रस्तुती राख्दा दर्शकहरु निकै उत्साहित बनेका थिए । नवौ दिन सम्म आइपुग्दा महोत्सवमा दर्शकको भीड वड्दै गएको छ । महोत्सवमा दर्शकको भीड संगै कारोबार समेत बढेको प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
महोत्सवमा शुक्रबार लोकदोहोरी तर्फ आलिफ खान, जीवन दाहाल, शिवहरी ढुंगाना, रेशम निर्दोश, ज्योती लोहोनी, कमला गैरे, जुना क्षेत्री, टेक क्षेत्रीको प्रस्तुती रहने छभने नेत्रपाणी बास्तोलाले कार्यक्रम सञ्चालन गर्नेछन । त्यसैगरी हास्य प्रहसन तर्फ राजेन्द्र गिरी जादुगर गुन्द्रुके मुना गिरीको प्रहसन संगै डान्स जादु प्रस्तुती रहन छभने २३ इन्चको मनोज गोर्खालीमार्फत डान्स प्रस्तुती रहने छ । त्यसैगरी सांझको लाइभ ब्याण्ड तर्फ अनुप्रस्थाको प्रस्तुती रहने प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
त्यसैगरी महोत्सवमा जारी विद्यालय स्तरिय लोक नृत्य प्रतियोगितामा मेरिगोल्ड बोर्डिङ स्कुल अघिल्लो चरणमा प्रवेश गरेको छ । बिहीबार सम्पन्न पहिलो चरणको प्रतियोगितामा अमरसिंह मावि, श्री नव प्रभात सेकेण्डरी स्कुल, मेरिगोल्ड इङलिस बोर्डिङ स्कुल, श्री सिद्ध मावि र बाल कल्याण मावि विच भएको प्रतिस्पर्धामा मेरिगोल्ड बोडिङ स्कुल अघिल्लो चरणमा प्रवेश गरेको हो । विद्यालय स्तरिय लोकनृत्य प्रतियोगितामा माघ ८ गते भ्यु प्वाइन्ट बोडिङ स्कुल, मेट्रोपोलिटन एकेडेमी, कास्की मोर्डनाइज र मेरिगोल्ड बोर्डिङ स्कुल बीच फाइनल प्रतिस्पर्धा हुनेछ ।
काठमाडौं: ‘घरज्वाइँ’ फेम्ड निर्देशक अनिल बुढामगरको दोस्रो कथानक फिल्म ‘मीतज्यू’ को निर्माण सुरु भएको छ । शनिबारदेखि फिल्मको अभिनय कार्यशाला सुरु भएको छ । कार्...
काठमाडौं: मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले भोलि संयुक्त आन्दोलन गर्ने घोषणा गरेको छ। आइतबार पत्रकार सम्मेलन गर्दै जेनजी समूहले सडकमा रहेका सबै जेनजी अभियन्ता,घाइते तथा सहिद परिवारलाई समेटे...
पोखरा: तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसारको अवसरमा कास्कीको माछापुच्छ्रे गाउँपालिका ८/९ स्थित घलेलमा २७ औं घलेल ल्होछार उत्सव हुने भएको छ । बौद्ध सृजना युवा क्लबको आयोजनामा आगामी ...

